Sponsored StockNepals new version launched offer

NEPSE १ घण्टा टाइमफ्रेम विश्लेषण २०८३-०५-३१

Back to Blogs
September 16, 2026 • 2 min read
NEPSE १ घण्टा टाइमफ्रेम विश्लेषण २०८३-०५-३१

२७४० को उच्च स्तरबाट झर्दै आएको NEPSE ले बीचमा २६१०–२६५० को जोनमा धेरै प्रयास गरेर टिक्न खोजेको देखिन्छ। यो क्षेत्र स्पष्ट रूपमा एउटा डिमान्ड–सपोर्ट जोन थियो, जहाँ बजारले बारम्बार होल्ड गर्ने प्रयास गर्‍यो। तर, त्यहाँ strong buying pressure नआउँदा अन्ततः त्यो जोन ब्रेक भयो।

 

त्यसपछि बजार तीव्र रूपमा खस्दै २५०१ सम्म पुग्यो, र त्यो गिरावटको क्रममा करिब ११० अर्बको उच्च टर्नओभर देखियो। यो अवस्था Wyckoff को भाषामा हेर्दा distribution पछि markdown phase confirm भएको संकेत दिन्छ — ठूलो पैसा बाहिर निस्किएको स्पष्ट देखिन्छ।

 

तर, २५०१ बाट आएको रिबाउन्ड चाहिँ त्यति विश्वसनीय देखिँदैन। किनकि २५०१ → २५८० क्षेत्रसम्मको उकालोमा जम्मा ३० अर्ब जति मात्र भोल्युम छ, जसले यो rally मा strong accumulation छैन भन्ने देखाउँछ ।

 

बीचमै आएको अर्थ मन्त्रालयको २१ बुँदे शेयर बजार सुधार घोषणा ले बजारमा एक्कासी spike ल्यायो। तर यस्तो news-driven move प्रायः sustainable हुँदैन जबसम्म institutional volume support हुँदैन।

मुख्य निष्कर्ष:

  • अहिलेको मुख्य resistance zone = २६५० आसपास देखिन्छ ।
  • बजारले त्यहाँ जान खोजे पनि volume absorption बिना टिक्न गाह्रो छ ।
  • ५० अर्ब भन्दा कम टर्नओभरमा आएको move weak मानिन्छ ।
  • Recent spike पछि consolidation देखिँदैछ ।
  • समग्रमा, अहिलेको बजार reactionary phase मा छ, not accumulation phase। जबसम्म volume बाट clear absorption देखिँदैन।
  • तत्कालको लागि भन्दा पनि अबको १ महिना समयावधिको लागि सोचेर राम्रा कम्पनीहरू छान्दै कित्ता जम्मा गर्न सकिन्छ ।
Tags: #nepse #technicalanalysis #onehour
Sponsored esaral
Sponsored sampurna furniture