जब फागुन चैत्र महिना सुरू हुन्छ तब सिजनल लगानीकर्ताहरू शेयर बजारमा भत्रिन थाल्छन। अनि शेयर बजार बिस्तारै उकालो लाग्ने इतिहास छ नेप्सेको । वर्ष भरि शिथिल भएर बस्ने म्युचल फण्डहरूमा पनि बिस्तारै चमक देखिन थाल्छ ।
हाल नैप्सेमा सुचिकृत सबै म्युचल फण्डहरूको न्याभ (NAV: Net Asset Value) पार भ्यालु १० भन्दा माथि छन भने धरैको ११ भन्दा माथि छ। अाउने वर्ष १०% भन्दा बढि लाभाँश दिन सक्ने म्युचल फण्डहरू धेरै हुन सक्छन। करिब ४ महिना लगानी गर्दा बैँकको ब्याजदर भन्दा ३ गुणा बढी प्रतिफल हुने देखिन्छ ।
Equity शेयरमा भन्दा जोखिम कम हुने भएकाले सिजनल लगानीकर्ताहरूको रोजाइमा म्युचल फण्डहरू पनि पर्दछन। हाल नेप्सेमा भएका धेरै म्युचल फण्डहरू NAV को तुलनामा १५% भन्दा बढी डिस्काउन्टमा कारोबार भइरहेका छन्।
२०८१-११-४ गतेको मूल्यको अाधारमा।