पछिल्लो समय NEPSE सूचक लगातार घटेर ३००० को बिन्दुबाट अाज २७२६ अङ्कमा बन्द भएको छ । तथ्याङ्क केलाउदा जबजब NEPSE ठूलो अङ्कले घट्छ तब लामो समयको साइड वेज भएर बसेको देख्न सक्छाैँ । यो साइड वेज चरणमा ठूला र प्लान अनुसार चल्ने लगानीकर्ताले Accumulation गर्दै गरेका हुन्छन । Major Breakthrough को लागि सामान्यतया ३ देखि ८ हप्तासम्म साइड वेज चलेको देखिन्छ।
NEPSE मा संकलन (Accumulation) गर्ने सजिलो रणनीति
यस समयमा धैर्य गर्न सक्ने र रणनिति अनुसार चल्ने लगानीकर्ताले मात्र राम्रो नतिजा पाउँछन्। सुरुका दिन र हप्ताहरूमा सानो–सानो गरेर लगानी गर्दै जानु र पूँजीलाई चरण–चरणमा प्रयोग गर्नु नै यस रणनीतिको मुख्य कुरा हो।तपाईंको जति लगानी गर्ने योजना छ , हप्तामा त्यसो ५% देखि १०% मात्र लगानी गर्दै जानुपर्छ। यसरी गर्दा तपाईंले सुरुवातमै सबै पैसा लगानी गर्नुपर्दैन, हातमा नगद बाँकी रहन्छ र बजार तल झरेमा थप किन्न सकिन्छ।
बजारले छिट्टै माथि जाने संकेत देखाए तपाईंसँग पहिले नै केहि शेयर भइसकेको हुन्छ। हरेक दिन उताउलो नभइकन तल तल मूल्यमा किन्न पाइएमा मात्र किन्ने गर्नुपर्छ । संकलन गर्ने तरिका चरणगत हुनुपर्छ। सुरुका १–२ हप्तामा सानो मात्र लगानी गरेर परीक्षण गर्ने। त्यसपछि हप्ता ३–५ मा बिस्तारै लगानी बढाउने। अन्तिमतिर, हप्ता ६–८ मा बजारले माथिल्लो प्रतिरोध तोड्ने संकेत देखाए भने थप लगानी गर्ने।
यसरी हेर्दा, ५० लाख लगानी गर्ने कोही पनि लगानीकर्ताले हप्तामा २.५ देखि ५ लाख मात्र प्रयोग गर्नुपर्छ। यदि बजार साइड वेजमा ८ हप्ता नै गयो भने पनि तपाइको जम्मा लगानीको अधिक्तम ४०% लगानी बजारमा गएको हुन्छ । यसो गर्दा बजार नबढ्दा पनि तपाइ दिकदारीमा जानुहुन्न र बजारबाट कमाउने र रमाउने दुबै निरन्तर भइरहन्छ।