१. अन्धभक्त भएर अरूको कुरो सुन्नु
अाफ्नो ब्यतिगत अध्ययन विना ठुला भनिएका लगानीकर्ताले जुन कम्पनिको कारोवार गर्छन त्यहि कम्पनिको पछि लाग्दा कहिले काहिँ बाहेक प्राय धोका हुने गर्दछ।
पछिल्लो पटक केहि फार्इनान्स र हार्इड्रो कम्पनीमा यो कुरा देखिएमो थियो। यो गल्ती हामी भयो भन्छैाँ तर पटक पटक दोहोर्याउने गर्छैाँ।
२. भावनात्मक भएर एभरेजिङ गर्नु
शेयर बजारमा भावनको केहि मूल्य हन्न। हामी कुनै कम्पनिको शेयर किन्छैाँ तर कुनै कारणवश मूल्य घट्छ। यस्तो अवस्थामा हामी भावुक भएर अब त भाउ नघट्ला भनि
सोहि कम्पनि फेरि किन्छैाँ। मूल्य अझ घट्छ , अझ किन्छैाँ। भाउ भावनाले होइन, बजारले निर्धारण गर्ने हो ।
३. धेरै सस्तो कम्पनिको शेयर किन्नु
कहिले काहिँ बाहेक कम्पनिहरूको बित्तिय अवस्था संकट ग्रस्त भएर तथा नाजुक भएर नै धैरै सस्तो हुने हो। त्यस कारण विना अध्ययन बढ्ने अाशामा अति सस्तो स्टक
राखेमा निराशा बाहेक अरू नपार्इन सक्छ।
४. नियमित शुसुचित नहुनु
जसरी डाक्टरले नियमित अध्ययन गरि नयाँ नयाँ रोग र अैाषधि बारे शुसुचित हुन्छन, त्यसरी नै शेयर बजारमा कम्तिमा पनि अाफूसँग भएका कम्पनिहरू बारे सधैं शुसुचित हुनुपर्छ ।
यसको पछिल्लो उदाहरण पाँचथर, संखुवासभा लगायत पूर्वका जिल्लामा अाएको बाढीको असरले गर्दा धेरै लगानीकर्ताले थाहा नै नपार्इ राम्रो जलबिद्युत कम्पनिको मूल्यमा समेत
ठूलो ह्रास अाएको थियो।
नोट- प्रस्तुत बिचारहरू मेरो अाफ्नो अनुभव तथा अग्रज लगानीकर्ताको सुझाबको अाधारमा र केहि अनलार्इनहरूबाट समेत साभार गरिएको हो ।