नेपालीहरूको महान चाँड दशैँ हाम्रोअँागनमै अाएको छ—बुधबारको बिहानी छ।
देशभरका लाखौँ साना स्टक कारोबारीहरूले ल्यापटप खोल्छन्। छेउमा तातो चिया,कफीको कपबाट बाफ उडिरहेको छ, र उनीहरू रातो र हरियो क्यान्डलहरू अनन्तसम्म टल्किरहेको स्क्रिनतर्फ टक्क हेरेका छन्। त्यो क्षणमा, हरेक कारोबारीहरूले विश्वास गर्छन् कि उनीहरूलाई आफ्नो जीवन परिवर्तन गर्ने मौका अाउदै छ।
उनीहरूलाई लाग्छ—धैर्य गरे, समाचार ध्यानपूर्वक पढे, सही ट्रेन्ड लाइनहरू कोरे, भने उनीहरू विजयी हुनेछन्।
यो विश्वास नयाँ होइन। यसै विश्वासले एउटा सम्पूर्ण स्टक मार्केटलाई जीवन दिएको छ—
ट्रेडिङ कोर्सहरू, वित्तीय फोरमहरू, अनगिन्ती किताबहरू जसले तपाईँलाई शेयर बजारबाट धनी बन्ने तरिका सिकाउने वाचा गर्छन्। लहरपछि लहर व्यापारीहरू बजारमा प्रवेश गर्छन्—तर फेरि त्यही चक्र दोहोरिन्छ: पैसा गुमाउनु, थाक्नु, र निराश भएर टाढा हुनु।
नेपालमा यसलाई easy money भनिन्छ, किनकि बहुमतको गलत विश्वास नै बजारलाई जिउँदो राख्ने खुराक अथवा इन्धन हो। भीडलाई यो थाहा हुँदैन कि बजार कहिल्यै पनि सबैलाई जिताउन डिजाइन गरिएको थिएन र छैन पनि। यो त केवल सानो शक्तिशाली समूहको फाइदाका लागि बनेको हो—जहाँ अरू सबैको विनाशबाट उनीहरू बाँच्छन् र नाफा कमाउँछन्।
सामान्य लगानीकर्ताको बुझाइ
सबैभन्दा सामान्य विश्वासमध्ये एउटा के हो भने मूल्यहरू समाचारको आधारमा चल्छन्।
राम्रो आर्थिक तथ्यांक आउँदा मूल्य बढ्छ, खराब तथ्यांक आउँदा मूल्य घट्छ।
यो सुन्दा सरल, तार्किक र ढाढस दिने कुरा हो—तर यो पनि एउटा झूट मात्र हो।
त्यो समय सम्झनुहोस् जब नयाँ गभरनर अाए,कम्पनिहरूको राम्रो रिपोर्ट सार्वजनिक भयो। लगानीकर्ताले अपेक्षाभन्दा बलियो तथ्यांक देख्छ र इन्डेक्स बढ्नेछ भन्ने विश्वासमा छिट्टै खरिदतर्फ दौडिए। तर केही दिनमै नेप्से उल्टै झर्छ। कारोबारी अचम्ममा पर्छ र सोच्छ—बजार पागल छ। तर बजार पागल होइन। पागल त त्यो व्यापारी हो, जसले खेललाई बुझ्दैन। समाचार त केवल एउटा trigger मात्र हो। ठूला खेलाडीहरू घोषणाभन्दा धेरै अघिदेखि नै आफ्नो पोजिसन बनाइसकेका हुन्छन्। उनीहरू त्यही समाचारलाई प्रयोग गरेर भीडलाई गलत दिशातर्फ तान्छन्, उनीहरूको अर्डरबाट फाइदा उठाउँछन्, अनि त्यसपछि बजारलाई उल्टो दिशामा फर्काउँछन्।