Sponsored StockNepals new version launched offer

शेयर बजारको भ्रम र यथार्थ भाग - २

Back to Blogs
October 07, 2025 • 2 min read
शेयर बजारको भ्रम र यथार्थ   भाग - २
समाचारले बजारलाई चलाउँदैन।
समाचार त केवल भीडलाई हाँक्न प्रयोग गरिने उपकरण मात्र हो। जब समाचारले साथ दिँदैन, सानो कारोबारीहरू चार्टतर्फ फर्कन्छन्। उनीहरू ट्रेन्ड लाइन कोर्छन्, सपोर्ट र रेसिस्टेन्स मार्क गर्छन्, अनि बजारले ती लाइनहरूलाई सम्मान गर्छ भन्नेमा आफूलाई बिश्वस्त बनाउँछन्। तर फेरि पनि, उनीहरू जालमा पर्छन्। हजारौँ कारोबारीहरूले उही सपोर्ट लैभलमा देख्छन्। हजारौँ सानाहरूको stop-loss त्यही सपोर्ट लैभलको मुनि हुन्छ। सानो व्यापारीका लागि यो खरिद गर्ने स्थानजस्तो देखिन्छ। तर बिग मनी तथा शिकारीहरूको लागि यो अवसर हो। उनीहरूले मूल्य तल धकेल्छन्, stops स्वीप गर्छन्, अनि फेरि बजारलाई मूल दिशामा पठाइदिन्छन्।
भीडलाई लाग्छ—चार्टहरू नक्शा हुन् र बजार त्यही नक्शा अनुसार चल्छ । तर वास्तविकतामा, चार्टहरू त ठूलाहरूले सानालाइ ललाइ फकाइ गर्ने हतियार हुन। सबैभन्दा अान्मघाती विश्वास के हो भने—बजारमा निष्पक्षता छ । साना कारोबारी केही हजार वा केहि लाख रूपैँया भएको लिएर कल्पना गर्छ कि ऊ पनि त्यही खेल खेलिरहेको छ जुन अर्बौँको पोर्टफोलियो भएको ठूला लगानीकर्ता र संस्थाहरूले खेलिरहेका छन्। उसलाई लाग्छ बजार प्राकृतिक रूपमा जान्छ। तर यो हास्यास्पद छ।
ठूला लगानीकर्ता र संस्थाहरूले इमोशन अथवा भावनामा कारोबार गर्दैनन्। उनीहरूसँग त्यस्तो order flow data को पहुँच हुन्छ जुन सामान्य कारोबारीले कहिल्यै देख्न सक्दैनन्। उनिहरूले बजारलाइ चिलको अँाखाले हर्न सक्ने मान्छेहरू राखेका हुन्छन्, जसले लामो समयको लागि प्लानहरू बनाउँछन्। यी विशषज्ञहरूले अरू मार्केट मेकरहरूले लुकाइएका liquidity देख्न सक्छन् र बजारलाई आफ्नो इच्छाअनुसार समायोजन गर्न सक्छन्। सानाले सोच्छन—उनी पनि ठूला कै तरिकाले कारोबार गर्न सक्छन किनभने उसले उही चार्ट हेरेका हुन्छ जून ठूलाको लागि पनि एउटै हो। तर फरक सयम सिमामा छ, लगानी रकममा छ, घाटा बेहोर्न सक्ने क्षमतामा छ ।
धेरै नयाँ साना कारोबारीहरूले वारेन बफेट जस्ता प्रखयात लगानिकर्ताहरूका भनाइमा अडिन्छन्, धैर्य गर्नुहोस्। लामो समयसम्म राख्नुहोस्। तर उनीहरूले value investing र छोटो अवधिको व्यापार (short-term trading) बीचमा भ्रम पर्छ। बफेट केवल धैर्यका कारण धनी बनेका होइनन्। उनी धनी बनेका कारण उनको शक्ति, जानकारी, र लगभग असीमित पूँजीमा पहुँच थियो।
तर तपाईं हामी सानाहरू, जब जब हार्ने पोजिसनमा अडिन्छ तबतब बजार फर्किन्छ भन्ने आशा गर्छाैँ, अनि धीरे-धीरे आत्मघाती कदम अथवा बजारको उल्टो कदम चाल्दै जान्छाैँ। बजारलाई तपाईं कति धैर्यशील हुनुहुन्छ भन्ने कुराको वास्ता छैन। यो तपाईंको सबै कुरा/लगानी लिएर तपाईंलाई पछाडि छोडेर जान सक्छ ।
Tags: #investor #market #nepse #psychology #trader
Sponsored esaral
Sponsored sampurna furniture