यी झूटा विश्वास किन टिकिरहेछन्?
किनभने यो कुराले मन शान्त गर्न तथा अाफूलाइ सानत्वना दिन सजिलो गर्छ।
साना लगानीकर्ताको नजरमा बजार निष्पक्ष छ, केही आधारभूत नियमहरू पालना गरे विजेता बन्न सकिन्छ।
उनीहरूलाइ लाग्छ बजारले लय समात्नको लागि एउटा कथा चाहिन्छ। राजनिति, गभर्नर, अर्थतन्त्र लगायत कुनै कुराहरूमा अाधारित कथाहरू तर बजारलाई कथाहरूको वास्ता कहिले हुदैन। बजारलाई केवल पैसाको प्रवाहको मात्र चासो छ। र पैसा सधैं कमजोरबाट बलवानतर्फ बहन्छ।
बहुमतले माथिल्लो स्तरमा किन्छन्, तल्लो स्तरमा बेच्छन्, र stops त्यही राख्छन् जहाँ सजिलै शिकार गर्न सकिन्छ। उनीहरू त्यही ईन्धन हुन् जसले शेयर बजारलाइ चलाउँछ।
शेयर बजार साना लगानीकर्ताले जित्न जरुरी छैन; उनीहरूलाइ —किन बेच जारी राख्न, सपना देखिरहन, पैसा जम्मा गर्न, र गुमाउन मै मज्जा अाइरहन्छ। त्यसैले दशकौँपछि पनि साना व्यापारीहरूको असफलताको दर कहिल्यै परिवर्तन भएको छैन।
यहाँबाट कमाउन लागि, तपाईंले हरेक झूटो विश्वासलाई हटाउनुपर्छ।
स्वीकार गर्नुहोस्—बजार निष्पक्ष छैन, तपाईं दिग्गजहरूको नियमअनुसार खेल्दै हुनुहुन्न।
तपाईं समाचारमा निर्भर हुन भएन।
तपाईं केही लाइनहरूमा मात्र भरोसा गर्न भएन।
र केवल धैर्यले तपाईंलाई बचाउँछ वा कमाइन्छ भन्ने विश्वास गर्न भएन।
तपाईंले बजारलाई शिकारीको आँखाले हेर्न सिक्नुपर्छ,न कि पिडितको अँाखाले, ।
बुझ्नुपर्छ—मूल्यहरू तपाईंले आशा गरेका कारणका लागि होइन, BIG MONEY ले राखेका र लुकेका खेलहरू अनुसार चल्छन्।
यदि तपाईं यो बुझ्नु भएन भने, तपाईं सधैं बहुमतको हिस्सा बन्नुहुनेछ, जसलाई बजार खाइरहन्छ। बजार निर्दयी छ, र कठोर सत्य के हो भने—बहुमतले कहिल्यै जित्दैन। उनीहरू झूटा विश्वासमा बाँच्छन्, अाफूलाइ सानत्वना दिइरहन्छन्, र त्यही विश्वासले मर्छन्।
जित्न सुरु गर्नु भनेको ती भ्रमहरूबाट अाफूलाइ मुक्त गर्नु हो।