१. ठूलो चुक्ता पुंजी
वाणिज्य बैंकहरूको चुक्ता पुंजी अन्य उपसमूहका कम्पनीहरूको तुलनामा धैरै भएकोले बजारमा मूल्य केहि रूपैयाँ तलमाथि हुंदा पनि शेयर सप्लाइ बढ्ने गरेको देखिन्छ।
२. राष्ट्र बैंकको समय समयमा कडा नियमन तथा कारवाहि
राष्ट्रको अर्थतन्त्रमा ठूलो जम्मेवारी वहन गर्ने वाणिज्य बैंकहरूलार्इ अावश्यक नियमन र कारवाही गर्नु पर्नेमा दुर्इ मत छैन। तर व्यवसाय गर्न नै कथिन हुने गरि कडा नियम र कारवाहिको प्रबन्धले वाणिज्य बैंकहरूको नाफामा निरन्तर गिरावत भएको दखिन्छ।
३. ठूलो हिस्साको मुद्दति निक्षेप
बिगत ५ वर्ष यता वाणिज्य बैंकहरूले सङ्कलन गरेको निक्षेपमा मुद्दति निक्षेपको हिस्सा हाल सबै भन्दा उच्च देखिन्छ। यसले गर्दा कमाइको ठूलो हिस्सा ब्याज खर्च भर्इ अागामि केहि समय वाणिज्य बैंकहरूको नाफा प्रभावित हुने देखिन्छ।
४. राष्ट्र बैंकका अधिकारीहरूको भनार्इ
केहि समय अघि देखि राष्ट्र बैंकका अधिकारीबाट बैंकहरूलार्इ यस वर्ष धरै प्रतिशत लाभांश बाड्ने दैाडमा नलाग्न दिएको सुझाव बाट २०७९।०८० मा बैंकहरूको लाभांश अाशा गरिए जति नअाउने देखिन्छ ।
५. प्रति शेयर नेटवर्थमा गिरावट
वाणिज्य बैंकहरूको प्रति शेयर नेटवर्थ अघिल्लो बुल सुरू हुदांको समय र हाल उस्तै देखिन्छ । तर वाणिज्य बैंकहरूको खराब कर्जा बिगतमा ०.५ प्रतिशत भन्दा कम हुने गरेकोमा हाल समग्रमा ३.२ भन्दा माथि देखिन्छ । यो भनेको नेटवर्थको ठुलो हिसा खराब कर्जाको लागि प्रोभिजनिङ गरिएको छ । यस कारण नेटवर्थ देखिएपनि यसबाट लाभांश वितरण गर्ने सम्भावना कम मात्र देखिन्छ ।
६. अागामि अार्थिक वर्षमा व्यवसाय बिस्तारको प्रक्षेपन
पछिल्लो समय अन्तराष्ट्रिय अर्थतन्त्रमा समेत अपेक्षित सुधार नहुनेले अाउने वर्षहरूमा व्यवसाय बिस्तार र नाफा सुनिश्चित नहुनाले २०७९।०८० को लाभांश सकेसम्म कम दिनुपर्ने देखिन्छ ।