इन्डेक्स होइन, विशेष स्टकहरू हेर्ने समय हो — NEPSE सन्दर्भ
नेपालको सेयर बजार (NEPSE) मा धेरै लगानीकर्ताले इन्डेक्स वा सेक्टरको आधारमा निर्णय लिन्छन्। तर पछिल्लो समय बजारको व्यवहार विश्लेषण गर्दा बुझिन्छ — वास्तविक अवसर भनेको स्टक (individual stocks) को पहिचान र विश्लेषणमा छ। पछिल्लो समयमा MANDU, BGWT, BPCL, RADHI जस्ता स्टकहरूबाट यो कुरा पुस्टि हुन्छ ।
NEPSE घट्दैमा सबै स्टक घट्दैनन्, र NEPSE बढ्दैमा सबै स्टक बढ्दैनन्। यसैले लगानी सफल बनाउन चाहने ट्रेडर वा इन्वेष्टरका लागि “सही स्टक छान्ने क्षमता” नै मूल कुरा हो।
किन 'स्टक चयन' अहिलेको समयमा अनिवार्य भयो?
- इन्डेक्स समग्र संकेत दिन्छ, तर अवसर भने विशेष स्टकमै हुन्छ।
- सेक्टर भित्रकै कम्पनीहरूमा अन्तर हुन्छ — एउटै बैंकिङ्ग सेक्टरमा केही स्टक बलिया हुन्छन् भने केही कमजोर।
- टेक्निकल संकेतहरू (जस्तै RSI, MACD, Volume Surge) एउटै सेक्टरभित्र पनि फरक–फरक देखिन्छ।
- फन्डामेन्टल सूचकहरू (EPS, Book Value ROE, ROA) ले दीर्घकालीन धरातल छुट्याउँछ।
StockNepals.com — विशेष स्टक पहिचान गर्ने अत्याधुनिक प्रणाली
StockNepals.com ले ट्रेडिङ/इन्भेस्टमेन्ट निर्णय गर्न उपयोगी AI–assisted र डेटा–driven विशेषताहरू उपलब्ध गराउँछ:
- Bull Run Stocks – हाल निरन्तर उकालो लागिरहेका स्टकहरू, जसमा अझै पनि खेलाडीहरू सक्रिय छन्।
- Momentum Gaining Stocks – मूल्य र कारोबारमा स्थिर वृद्धि देखिएको स्टकहरू।
- Early Signaled Stocks – चार्टमा ब्रेकआउट वा ट्रेन्ड परिवर्तनका प्रारम्भिक संकेत देखाइसकेका स्टकहरू।
- Buy/Sell Recommendation – टेक्निकल संकेतहरूमा आधारित किन्ने वा बेच्ने सुझावहरू।
- Fundamental Comparison & Ranking – EPS, NAV, Dividend Yield, ROE आदि आधारमा तुलनात्मक मूल्याङ्कन।
- Wedge Stocks – wedge pattern वा trendline मा रहेका ब्रेकआउट नजिकका स्टकहरू।
लगानीको तरिका बदल्ने बेला हो
सेयर बजार अब केवल “NEPSE कति बिन्दु बढ्यो?” हेर्ने जमाना होइन। सफल ट्रेडर वा लगानीकर्ता त्यो हो, जसले:
- कुन स्टकमा momentum छ?
- कुन स्टकमा smart money अझै बसेको छ?
- कुन स्टक टेक्निकल र फन्डामेन्टल रूपमा मजबूत छ?
निचोड
अब लगानीको युग केवल “सेक्टर हेर्ने” होइन — सही स्टक चिन्न सक्ने क्षमता हुनु सबैभन्दा ठूलो सिप हो।
यदि तपाईं पनि आफ्नो रणनीति डेटा र प्रवृत्तिमा आधारित बनाउन चाहनुहुन्छ भने, StockNepals.com को प्रयोग गर्नुहोस् र विश्लेषणको स्तर बदल्नुहोस्।